काठमाण्डु – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तीन दिने भारत भ्रमणमा जाँदैछन् । उनी आगामी माघ १ र २ गते भारतको राजधानी नयाँदिल्लीमा हुने नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा सहभागी हुन भारत जान लागेका हुन् । भ्रमणका क्रममा कोरोना भाइरसको खोप खरिद, सीमा समस्या समाधान र कोरोनाका कारण थला परेको आर्थिक साझेदारीका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले…