कम्युनिष्ट आन्दोलन गम्भीर संकटमा, एकताका लागि जुलुस प्रदर्शन गराैं: वामदेव गौतम

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभालाई दुरुपयोग गर्नेसम्मका घटना घट्नु राष्ट्रकै निम्ति अत्यन्तै पीडादायी भएको बताएका छन् । उपाध्यक्ष गौतमले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीविरुद्ध प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता गराउनु र त्यसको सामना गर्ने वा नसक्ने भए राजीनामा दिनुको बदला प्रतिनिधिसभा भंग गर्नेसम्मका दुर्घटना घट्नु पार्टीका लागि…