प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी गर्दै सरकार, लिम्पियाधुरा मुख्य चासो

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको टकराव संसद विघटन र पार्टी फुटको तहसम्म नपुगेको भए हालसम्म परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमण भइसक्थ्यो । तर नेकपाको विवादसँगै निम्तिएको राजनीतिक संकटले भारतसँगको समन्वय सुधार्ने ओली सरकारको कोशिस अवरुद्ध बन्यो । नेपालको पछिल्लो राजनीतिक…