काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा बादलले नेकपा फुटाउन प्रतिगामी शक्तिले तीनवटा रणनीति बनाएको दाबी गरेका छन् । ललितपुर महानगरका नेकपा कार्यकर्तालाई शुक्रवार लगनखेलमा सम्बोधन गर्दै नेकपा सचिवालय सदस्य समेत रहेका गृहमन्त्री थापाले नेकपा फुटाउन प्रतिगामी शक्तिले तीन वटा रणनीति बनाएको दाबी गरेका हुन् । ‘यो स्थिति पैदा गर्न प्रतिगामीले तीनवटा रणनीति बनाएको देखिन्छ । पहिलो…