काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादीहरु कम्युनिष्ट सरकारका कारण सडकमा आएको बताएका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा बोल्दै कांग्रेस सभापति देउवाले सडकमा देखिएको असन्तुष्टि सरकारविरुद्ध भएको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए । ‘सरकारको काम गर्ने गलत शैलीका कारण सडकमा असन्तुष्टि देखिएको छ’, उनले भने,…