काठमाण्डु - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पूर्वमन्त्री दिलनाथ गिरीले विद्यमान संवैधानिक संकटको समाधान सर्वपक्षीय गोलमेच सम्मेलनबाट खोज्नु पर्ने बताएका छन् । सरकार, प्रतिपक्ष र राष्ट्रपति समेतको भूमिकाबाट संविधान संकटग्रस्त भएको भन्दै नेता गिरीले संवैधानिक राजसंस्था, हिन्दुराष्ट्र र नेत्रविक्रम चन्द पक्षधर समेतको सर्वपक्षीय गोलमेच सम्मेलन प्रस्ताव गरेका छन् । ‘ठूलो धनजनको क्षति गरेर संविधानको…