काठमाण्डु – करीब एक वर्षको अन्तरालपछि बसेको नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक सकिएको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा त्यति नै सदस्य रहेको भारतीय प्रमण्डलको नेतृत्व विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले गरेका थिए । परराष्ट्र मन्त्रालयले दुई देशका बीचमा एकदमै सौहार्द्धपूर्ण वातावरणमा छलफल भएको बताएको छ । वार्तापछि…