प्रधानमन्त्री भेट्न बालुवाटार पुगे अध्यक्ष प्रचण्ड

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । मंगलबार बिहान लुम्बिनी प्रदेशका मुख्यमनत्री शंकर पोखरेलसँगको भेटपछि अध्यक्ष प्रचण्ड बालुवाटार गएका हुन् । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला दुवै अध्यक्षबीच संवाद टुटेको थियो । प्रधानमन्त्री ओलीलाई पटकपटक सचिवालय बैठक डाक्न आग्रह गरेर…