बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद् बैठक डाकियो

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्व केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । मन्त्रिमण्डल पुर्नगठनको हल्ला चलिरहेका बेला बिहीबार बिहान दुई अध्यक्षबीच बालुवाटारमा भेटवार्ता भएको हो । भेटावार्तामा मन्त्रिमण्डल पुर्नगठनका विषयमा छलफल भएको स्रोतले जानकारी दियो । स्रोतकाअनुसार आजको भेटवार्तामा सरकारमा रहेका पुराना केही मन्त्रीको ठाउँमा नयाँ मन्त्रीलाई स्थान…