काठमाण्डु – नेपाल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसद सिटौला पक्षले नयाँ सरकार गठनका लागि आवश्यक कदम चाल्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ । शुक्रबार महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बसेको भेलाले केपी ओली नेतृत्वको सरकारको विकल्प खोज्न देउवालाई सुझाव दिएको हो । भेलाले नयाँ सरकार गठनका लागि देउवालाई साथ दिने निर्णय गरेको…