परम्पराका नाममा विभेदजन्य पक्षलाई सुधार गर्दै जानुपर्छः राष्ट्रपति भण्डारी

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले चाडपर्वले देशको विशिष्ट सांस्कृतिक पहिचानलाई उजागर गरेको बताएकी छन् । बिहीबार जितिया पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले परम्पराका नाममा प्रचलित विभेदजन्य एवं अव्यवहारिक पक्षहरूलाई समय सापेक्ष सुधार गर्दै जानुपर्ने बताइन् । ‘हाम्रो देशमा मनाइने यस किसिमका चाडपर्वहरूले हाम्रो विशिष्ट सांस्कृतिक पहिचान र सभ्यतालाई उजागर गरेका हुन्छन्’, उनले भनिन्,…