काभ्रे- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एकताबद्ध भएर हालै नक्सामा समेटिएको नेपाली भूभाग फर्काउनुपर्ने बताएका छन् । मदन भण्डारी फाउण्डेशन काभ्रेलाञ्चोकद्वारा आयोजित जिल्ला भेलालाई आज बनेपामा सम्बोधन गर्दै उनले सिङ्गो देश एक ढिक्का भएर जमिन फर्काउन अघि बढ्नुपर्ने बताए । उनले भने, “मित्रराष्ट्र भारतसँग एकताबद्ध भएर वार्ताको टेबुलबाट तथ्य, प्रमाणहरू सबै राखेर आफ्नो स्वामित्वलाई फर्काउनुपर्नेछ ।” वास्तविक…