प्रदेशको नामाकरणमा बाबुरामको असन्तुष्टी, सहिदसँग मागे माफी

काठमाण्डु – समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रदेशको नामाकरणबारे असन्तुष्टी भएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत डा. भट्टराईले प्रदेशको नाम जातीय आधारमा नराखेको भन्दै सहिदहरुसँग माफी मागेका छन् । ‘हिजो मगरात/तमुवान/ताम्सालिंग/नेवाः स्वायत्त प्रदेशका पदाधिकारी अहिले महेन्द्रपथका अवतार श्री ७ खड्गप्रसादको आदेश पालना गर्दै लुम्बिनी/गण्डकी/वागमती नाममा टेवल ठटाइरहेको देख्दा भूपीको पंक्ति याद आयोः…