काठमाडौं – रुकुम पश्चिमको चौरजहारी घटना छानबिनका लागि प्रतिनिधिसभाले ९ सदस्यीय समिति गठन गरेको छ । सोमबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले दलीय आधारमा सदस्यहरु मनोनयन गरेका हुन् । विशेष समितिको संयोजकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद देवेन्द्र पौडेल रहेका छन् । यस्तै, समिति सदस्यहरुमा मीन विश्वकर्मा, एकवाल मियाँ, दुर्गा पौडेल, पार्वती विशुन्के, प्रकाश रसाइली,…