काठमाडौं – क्वारेन्टाइनमा बसेका स्वास्थ्यकर्मीमाथि कुटपिट हुन थालेपछि गृह मन्त्रालयले दुर्व्यवहार गर्नेलाई कडा कारबाही गर्न निर्देशन दिएको छ । दिनहु कोरोना भाइरसको रोकथाममा खटिएका स्वास्थ्यकर्मीहरुमाथि आक्रमण हुन थालेपछि गृहले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो । गृह मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीले राष्ट्रसेवक कर्मचारीमाथि अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयले आज ७७ जिल्लाका प्रमुख…