विभेद नेपालमा मात्र होइन अमेरिकामा पनि छः गृहमन्त्री बादल

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादलले रुकुम पश्चिम घटना विभेदबाट निम्तिएको बताएका छन् । उनले हाल विश्याव्यापी रुपमा विभेद रहेकाले नेपालमा पनि यसको अन्त्य हुन नसकेको दाबी गरेका छन् । मंगलबार प्रतिनिधिसभाको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा गृहमन्त्री बादलले अमेरिकामा पनि विभेद रहेको बताउँदै नेपालमा यसको अन्त्य गर्न कठिन भएको बताएका हुन् ।…