काठमाडौं – सरकारले संविधान संशोधन प्रस्ताव संघीय संसद अन्र्तगतको प्रतिनिधिसभामा पेश गर्ने निर्णय गरेको छ । सरकारले नेपालको नयाँ नक्सा जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकबाट पारित गरेको थियो भने भूमी व्यवस्था मन्त्रालयले जेठ ७ गते नयाँ नक्सा आधिकारिक रुपमा सार्वजनिक गरेको थियो । आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न निशानछापभित्रको नक्सा परिवर्तनका…