काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदलबारे भ्रम सिर्जना गरेको भन्दै आपत्ति जनाएका छन् । पार्टीभित्रको समस्या समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कादल गठन गरेको थियो । कार्यदलमा महासचिव विष्णु पौडेलको संयोजकत्वमा सदस्यहरु भीम रावल, शंकर पोखरेल, जनार्दन…