काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले सचिवालय बैठकमै सबै समस्याको समाधान खोज्न र विवाद हल गर्न सुझाव दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका नेता भट्टराईले छरपस्ट भएर छिरलिएको छलफल सचिवालय बैठकबाट बाहिर ननिकाल्न आग्रह गरेका छन् । ‘छरपस्ट भएर छिरलिएको छलफल सचिवालयमार्फत् घरभित्र प्रवेश गरेको छ,’…