काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले कोभिड–१९ विरुद्ध लड्न आवश्यक औषधि, स्वास्थ्य उपकरण हालसम्म आयात नगरिएकोमा गम्भीर आपत्ति जनाएका छन् । स्वास्थ्य उपकरण र औषधिको अभावमा महामारीलाई परास्त गर्न संभव नहुने भन्दै अध्यक्ष राणाले प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गरेका छन् । ‘कसरी ल्याउने, कसले ल्याउने भन्ने चर्चा ठूलो भए पनि…