सरिता गिरी कारबाहीमा पर्दा लीला सिटौलाको भाग्य खुल्यो

काठमाडौं – समाजवादी पार्टीले सरिता गिरीलाई सांसदबाट बर्खास्त गरेपछि लीला सिटौलाको भाग्य खुलेको छ । ललितपुरकी स्थायी बासिन्दा रहेकी सिटौला गिरीभन्दा तल्लो लाइनमा थिइन् । खस आर्य महिला समानुपातिक कोटाबाट सांसद बनेकी गिरीको स्थानमा सिटौला स्वतः सांसद बन्ने लाइनमा छिन् । अब उनी प्रतिनिधिसभा सदस्य बन्ने भएकी हुन् । समाजवादीका एक नेताले दिएको जानकारीअनुसार सिरहा…