काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वास्थ्यमन्त्री भानुभक्त ढकालले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसन्धान इकाई संयोजकलाई स्पष्टीकरण सोधिएको विषयमा आपत्ति जनाएको छ । कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले सरकारले तानाशाह शैली देखापरेको आरोप लगाएकी छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेकी सांसद संग्रौलाले मन्त्री ढकालले स्पष्टीकरण सोधेर कारबाही गर्ने चेतावनी दिएको…