चीनबाट ल्याइएको कोरोना परीक्षण गर्ने मेसिन चार प्रदेशमा दिइने सरकारको निर्णय

काठमाडौं – सरकारले चीनबाट ल्याएको कोरोना भाइरस संक्रमण परीक्षण गर्ने स्वास्थ्य सामग्री चार वटा प्रदेशमा वितरण गर्ने भएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले प्रदेश २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई पीसीआर (पोलिमर चेन रियाक्सन) मेसिन वितरण गर्ने भएको हो । समिति सचिवालयका प्रवक्ता एवं प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीका अनुसार चीनबाट…