क्वारेन्टाइनका लागि सांसदले दिए घर

रसुवा – विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि क्वारेन्टाइन बनाउन रसुवाका सांसदले आफ्नो निजीघर प्रदान गरेका छन् । रसुवाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सदस्य मोहन आचार्यले रसुवाको लहरेपौवास्थित आफू बसोबास गर्ने धारा, बत्ती, शौचालय, परिसरसमेतको सुविधायुक्त चारकोठे पक्की घर प्रदान गरेको उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले जानकारी दिए । सांसद आचार्यले २१ शय्यायुक्त क्वारेन्टाइनका लागि…