काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिएकी झापाकी समीक्षा संग्रौला डिस्चार्ज भएकी छन् । प्रधानमन्त्री ओलीसँगै अघिल्लो साताको सोमवार शिक्षण अस्पताल भर्ना भएकी संग्रौलालाई बुधवार डिस्चार्ज गरिएको हो । अघिल्लो बुधवार शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।