यस्तो छ पाँच महिना जेल बसेका महरालाई अदालतले रिहा गर्नुको कारण

काठमाडौं – पूर्वसभामुख कृष्णबहादुर महरा झण्डै पाँच महिनाको कारागार बसाइपछि आज घर फर्किएका छन् । एक महिला कर्मचारीलाई बलात्कार प्रयासको अभियोगमा कारागारमा रहनुभएका महराविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौँले सफाइ दिने फैसला गरेपछि कारागार मुक्त भई घर फर्किएका हुन् । आजै न्यायाधीश अम्बरराज पौडेलको इजलासले प्रमाणका आधारमा पूर्वसभामुख महरालाई सफाइ दिने फैसला गरेको थियो । ‘घटनाको…