काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य (किरण)ले नवसंशोधनवादी विचलन र मूल नेतृत्वको गद्दारीका कारण अहिले जनयुद्ध र क्रान्तिको प्रक्रियाले गम्भीर धक्का खाएको बताएका छन् । २५औं जनयुद्ध दिवसको अवसरमा बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष वैद्यले नेपाली नयाँ जनवादी क्रान्तिले धक्का खाए पनि क्रान्तिको प्रक्रिया समाप्त भने नभएको बताएका…