काठमाडौं – विवेकशील नेपाली दलकी रञ्जु दर्शनासहित ११ जना पक्राउ परेका छन् । शनिबार बालुवाटारस्थित ललितानिवास अगाडि ‘भ्रष्टचारीलाई रेड कार्ड’ अभियान सञ्चालन गर्न पुगेका विवेकशीलकी दर्शनासहित ११ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वालुवाटारको जग्गा प्रकरणमा संलग्न रहेकाहरुलाई मुद्दा लगाउने तथा नलगाउने निर्णयमा पक्षधरता देखाएकोले अख्तियारको ध्यानाकर्षण गराउन बालुवाटार पुगेका…