महरासँग बाबुरामले गरे एक घन्टा वार्तालाप

काठमाडौं – संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई पूर्वसभामुख कृष्णबहादुर महरासँग भेट गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले डिल्ली बजार कारागारमा गएर महरालाई भेटेका हुन् । सोमबार दिउँसो कारागार पुगेका डा. भट्टराईले करिब एक घन्टा महरासँग कुराकानी गरेको स्रोतले बतायो । संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार गरेको आरोप लागेका महरालाई काठमाडौं जिल्ला…