काठमाडौं – मेडिकल कलेज सञ्चालकहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् । केही समयअगाडि वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेजले अवैध शुल्क लिएको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि कलेज सञ्चालकबाटै कुटपिट भयो । अवैध शुल्क फिर्ताका लागि आन्दोलन गर्न गएका विद्यार्थी कलेज सञ्चालकको निर्देशनमा कुटिए पनि सरकारले कुटपिट गर्नेमाथि कारबाहीसम्म गर्न…