ग्राण्डीमा नेताको आउजाउ बढ्यो, प्रधानमन्त्रीलाई भेट्न दिइएन

काठमाडौं – धापासीस्थित ग्राण्डी अस्पतालमा दलका नेताहरुको आउजाउ बढेको छ । मृगौलाको डायलाइसिस गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेताहरू अस्पताल पुगेका हुन् । प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट्न नपाए पनि नेताहरुले उपचारमा संलग्न चिकित्सकहरुसँग उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् । अस्पतालबाट निस्कने क्रममा नेताहरुले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था गम्भीर नरहेको र सुधारोन्मुख रहेको प्रतिक्रिया दिएका…