काठमाडौं – पूर्वउपप्रधान र अर्थमन्त्री तथा दिवंगत वरिष्ठ वामपन्थी नेता भरतमोहन अधिकारीको स्मृतिमा अक्षयकोष स्थापना गरिने भएको छ । अधिकारीको प्रथम वार्षिकीको अवसर पारेर आगामी १८ फागुनमा अक्षयकोष घोषणा गरिने भरतमोहन अधिकारी फाउण्डेशनले जनाएको छ । फाउण्डेशनको तेश्रो बैठकले अधिकारीको व्यक्तित्व र कृतित्वलाई जनताबीच जिवितै राख्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो ।…