ओली भेट्न प्रचण्ड र देउवा बालुवाटार पुगे, उपसभामुखको टुंगो लगाउने

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका शीर्ष नेताबीच बालुवाटारमा छलफल भइरहेको छ । नेकपा अध्यक्षद्व केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शनिबार बिहान १० बजेबाट छलफल सुरु भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनले दुई राजनीतिक दलबीच समसामयिक विषयमा छलफल भइरहेको बताए ।…