काठमाण्डु – नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको खिचातानीमा ब्यस्त रहेको भन्दै कोरोना नियन्त्रणमा ध्यान नदिएको आरोप लगाएका छन् । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता थापाले केही दिन यता कोरोना संक्रमणको दर ह्वात्तै बढे पनि प्रधानमन्त्रीकाे ध्यान भने कोरोना भाइरस नियन्त्रण गर्नतिर नभएर पार्टीको खिचातानीमा ब्यस्त भएको…