काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विश्वभरि फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन लकडाउन उत्तम विकल्प भए पनि यसबाट प्रभावित न्यून आय भएका व्यक्तिका लागि तत्काल राहत प्याकेज घोषणा गर्न आग्रह गरेका छन् । उनले दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय भएका व्यक्तिका लागि तत्काल विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग आज अनुरोध गरेका…