काठमाडौं – उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र बेल्जियमकी राजकुमारी अस्त्रिदबीच भेटवार्ता भएको छ । अस्त्रिदले उपप्रधामन्त्री पोखरेलबीच मंगलबार भेटवार्ता भएको हो । राजकुमारी नेपालको साताव्यापी भ्रमणका लागि आइतबार आएकी थिइन् । रक्षामन्त्रालयमा भएको भेटवार्तामा मन्त्री पोखरेलले बेल्जियमकी राजकुमारीलाई आफ्नो कार्यकक्षमा स्वागत गर्दै नेपालले नेपाल भ्रमण वर्ष २०२० मनाइरहेको सन्दर्भमा नेपाल भ्रमणमा आएकोमा खुसी व्यक्त…