काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले रेशम चौधरी जेलबाट चाँडै छुट्ने दावी गरेका छन् । माघीको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले झूटा मुद्दा लगाएकाहरुलाई छुटाउन आफ्नो प्रयास जारी रहेको भन्दै रेशम चौधरीलाई छुटाएरै छाड्ने बताए । डिल्लीबजारस्थित सदर खोरमा पुगेर आफूले रेशम चौधरीलाई भेटेको खुलासा गर्दै अध्यक्ष…