उपसभामुखलाई राजीनामा गराउने नेकपाको निर्णय, तुम्बाहाङफेले गरिन् अस्वीकार

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपसभामुख शिवमाया तुम्बाहाङफेलाई पदबाट राजीनामा गराउने निर्णय गरेको छ । शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा गर्न लगाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘आजको सचिवालय बैठकले प्रतिनिधिसभामा रिक्त सभामुख पदको सन्दर्भमा निर्णय गरेको छ’, बैठकपछि प्रवक्ता श्रेष्ठले भने, ‘रिक्त पदमा…