काठमाडौं – शुक्रबारको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेदवारमा सहमति जुटाउन नसक्दा आज १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर ६ दिनका लागि स्थगित गरिएको हो । सत्तारुढ दल नेकपामा सभामुख कसलाई बनाउने भन्नेमा विवाद चलिरहेको छ । अबको संसद बैठक पुस १६ गतेलाई बोलाइएको छ । शुक्रबार…