काठमाडौं— सरकारले दुई सचिवको सरुवा गरेको छ। हालै बसेको मन्त्रिपरिषद्को बैठकले सचिवद्वय रमेशप्रसाद सिंह र मधुसुदन अधिकारीको सरुवा गरेको हो। सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा भएको छ, भने आयोगको सचिवालयका सचिव मधुसुदन अधिकारीलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ।