जबजका मान्यता आत्मसात गरौं, प्रदेशको राजधानी शीर्ष नेताले टुंगो लगाउनुः शंकर पोखरेल

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रदेशको राजधानीको विषयमा शीर्ष नेताहरुले नै उचित निर्देशन दिनुपर्ने माग गरेका छन् । जारी स्थायी कमिटी बैठकमा आफ्नो लिखित धारणा राख्दै प्रदेश ५ का मुख्यमन्त्रीसमेत रहेका पोखरेलले प्रदेशको नाम र राजधानीको विषय प्रदेश सभाको विषय भए पनि यो आम रुपमा राजनीतिक विषय…