काठमाडौं – कोहलपुर घटनाको विरोधमा गृहमन्त्रीको राजीनामा मागिएको छ । आइतबार बाकेको कोहलपुरमा प्रहरीले विद्यार्थीमाथि दमन गरेको भन्दै नेविसंघले काठमाडौंको चाबहिलमा विरोध प्रदर्शन गरेको हो । नेविसंघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस इकाइ समितिको संयोजनमा गरिएको प्रदर्शनमा सहभागीले प्रहरी दमनको विरोध गर्दै नाराबाजी गरे । पशुपति क्याम्पसबाट सुरु भएको विरोध र्याली चाबहिल चोक…