रेल र पानीजहाज ल्याउन आवश्यक पहल गर्छुः यातायातमन्त्री नेम्वाङ

काठमाडौं – नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङले पदभार ग्रहण गरेका छन् । बिहिवार बिहान सिंहदरवारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । नेम्वाङले काठमाडौं उपत्यकाको सडकको अवस्थाबारे आफू जानकार रहेको बताए । पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नवनियुक्त मन्त्री नेम्वाङले भने, ‘नागरिकको हैसियतले काठमाडौं उपत्यका र देशभरको सडक देखेको छु…