काठमाडौं— ‘शिक्षा विकास तथा समन्वय एकाई’ ले गरेका निर्णयले स्थानीय सरकारमाथि हस्तक्षेप भएको भन्दै उपत्यका नगरपालिका फोरमले एकाई र सो एकाईमार्फत हुने कार्यलाई पूर्ण अस्वीकार गर्ने निर्णय गरेको छ । बुधबार ललितपुरमा फोरमका संयोजक एवं काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा सम्पन्न चौथो बिस्तारित बैठकमा राखिएको ‘आधारभूत तथा माध्यमिक शिक्षा व्यवस्थापन’ सम्बन्धि प्रस्तावमाथि छलफल गर्दै…