काठमाडौं – प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको कोरोना भाइरसको परीक्षण सुरु भएको छ । बिहान १० बजेदेखि राष्ट्रिय सभाका र ११ बजेदेखि प्रतिनिधि सभाका सांसदहरुको संसद भवनमा पिसिआर टेष्ट सुरु भएको छ । सांसदहरुले संसद भवन प्रवेश गर्दा हात धुने, स्यानिटाइजर लगाउने व्यवस्था रहेको छ । ज्वरो नाप्ने, ज्वरो देखिए संसद भवनकै आइसोलेसन कक्षमा राख्ने र…