कोरोना रोकथाममा नेपालको कदम प्रशंसनीय छः राष्ट्रसङ्घीय प्रतिनिधि

काठमाडौं – उपप्रधानमन्त्री एवं रक्षा मन्त्री तथा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसँग नेपालस्थित आज संयुक्त राष्ट्रसङ्घका संयोजक भ्यालेरी जुलियाण्ड र विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि जोश भ्याण्डेलारले शिष्टाचार भेट गरेका छन् । सो अवसरमा उनीहरुबीच नेपाल सरकारले कोरोना रोकथाम र नियन्त्रणमा हाल जारी राखेको पहल र स्थितिबारे छलफल भएको…