काठमाडौं – संघीय संसद अन्तरगतको राज्य व्यवस्था समितिको मंगलबार बस्ने भनिएको बैठक कोरम नपुगेपछि स्थगित भएको छ । मंगलबार बिहान ११ बजे सिंहदरबारमा डाकिएको बैठकमा ५१ प्रतिशत सांसदहरुको उपस्थिति नभएपछि स्थगित गरिएको हो । आजको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमा छलफल गर्ने कार्यसूची थियो…