काठमाडौं – गृहमन्त्रालयले लकडाउनलाई थप कडाइ गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । सोमबार मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र वा पासबिनाका सवारीसाधनलाई आवतजावतमा रोक लगाउन निर्देशन दिएको हो । गृहमन्त्री रामबहादुर थापा बादलले उद्धारका नाममा पासबिनाका गाडीले यात्रु ओसार्न थालेपछि पास लिएर मात्र गुडाउन निर्देशन दिएका हुन् । सडकमा अलपत्र र बिचल्लीमा…