काठमाडौं – संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको थुनछेक बहस सकिएको छ । महरालाई थुनामा पठाएर मुद्दा अघि बढाउने वा थुनामुक्त गरेर भन्नेबारे जिल्ला अदालत काठमाडौंमा आइतबार बहस सुरू भएको थियो । जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा आज चार जना सरकारी वकिलले बहस गरेका थिए । काठमाडौंका प्रमुख जिल्ला सरकारी…