काठमाडौं–राप्रपा अध्यक्ष कमल थापाले लोभ,लालच, प्रलोभन दिएर र भ्रम सिर्जना गराएर धर्म परिबर्तन भइ रहेको भन्दै आपत्ति प्रकट गरेका छन्। देशब्यापी हिन्दुत्व जनजागरण अभियानको क्रममा आज पार्टीको काठमाडौंको नागार्जुन नगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष थापाले धर्म परिबर्तनले नेपालको पहिचान संकटमा पर्ने, सदियौ देखि कायम रहेको धार्मिक सद्भाव र एकता खल्बलिने र अन्ततोगत्वा धार्मिक…