काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्। नेपाल तरुण दल स्थापनाको ६५औं वर्षगाँठका अवसरमा ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा शनिबार आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो माग गरेका हुन्। प्रहरी अधिकारीलाई बर्खास्त गरेर दोषीलाई उन्मुक्ति दिन…